रुपन्देहीमा तेलले भरिएका २ ट्याङ्करमा आगलागी

बुटवल । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्याङ्करमा आगलागी भएको छ।

डिपोमा ट्याङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्याङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो । आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारीका वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

Back to top button