राष्ट्रियसभाले बहुमतले पारित गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो।

उहाँले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिबाट सम्वत २०७९ जेठ १० गते मंगलबारका दिन संघीय संसदको दुवै सदनको बैठकमा प्रस्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९र०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु।’

Back to top button