अस्पतालको पार्किङमा राखेको चिकित्सकको मोटरसाइकलमा आगजनी

मोरङ । विराटनगरमा एक चिकित्सकको मोटससाईकल अस्पतालको पार्किङ क्षेत्रमा आगजनी गरिएको छ।

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत कन्सल्टेन्ट सर्जन डा. रविनराज सिंहको मोटरसाईकल आज बिहान २ बजेर ३० मिनेट जाँदा आगजनी भएको हो।

अस्पताल परिषरमा राखिएको को.२५ प ५०२४ नम्बरको मोटरसाइकलमा मध्यरातमा आगलागी भएपछि अन्य चिकित्सक तथा अस्पतालका कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।

आफ्नो नियमित कार्य तालिका अनुसार गएराति करिब ९ बजे अस्पतालको पार्किंगमा मोटरसाईकल राखिएको डा. सिंहले जानकारी दिनुभयो। सधैझैं पार्किंग क्षेत्रमा मोटरसाईकल राखेर काममा गएको बताउनुभएका सिंहले एक्कासी मध्यरात आगलागी भएको खबर पाएको जानकारी दिनुभयो। आगजनी भएको मोटरसाईकल यसअघि गतवर्ष मंसिर अन्तिम साता चोरी समेत भएको थियो।

चोरीमा संलग्न प्रतीक दाहाललाई प्रहरीले मोटरसाइकल भारततर्फ लैजाने क्रममा विराटनगर भारतको सीमा मटेरुवाबाट नियन्त्रणमा लिएको थियो।

अस्पतालमा भित्र कसले आगजनी गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरंले जनाएको छ।

Back to top button