ललितपुरमा गाडी दुर्घटनामा परेर भरतपुरकी मेयर रेनु दाहाल घाइते

काठमाडौं । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल ललितपुरमा सवारी दुर्घटनामा परेर घाइते हुनुभएको छ ।

उहाँ निकट स्रोतका अनुसार काठमाडौं आउनुभएकी दाहाल ललितपुर जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परि घाइते हुनुभएको हो ।

आज दिउँसो उहाँ चढेको प्रदेश ३–०१–०२३ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोकिएको थियो।

टाउकोमा चोट लागेका कारण उहाँलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।

Back to top button