बालेन साह परिर्वनतका संकेत हुन् : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह परिर्वनतको संकेत भएको बताउनुभएको छ ।

आज जारी प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने क्रममा महतोले बालेन साह समाज र राजनीति परिर्वतनको संकेत भएका बताउनुभएको हो ।

मुलुकमा विकास र लोकतन्त्र कमजोर हुनुमा सबै राजनीतिक दल भागीदार भएको र दलहरु नसुध्रिए परिवर्तनको संकेतहरु आउने उहाँले उल्लेख गर्नुभयो।

सम्बोधनको क्रममा उहाँले भन्नुभयो, ‘लोकतन्त्र कमजोर र भ्रष्टाचारतन्त्र बलियो भएको छ । स्थानीय तह निर्वाचनले पनि लोकतन्त्र कमजोर पार्ने काम गरेको छ ।’

नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै हुँदै आएकाले यस्ता कार्यक्रमले नेपालमा के विकास भयो भन्नेबारे समीक्षा हुनुपर्ने उहाँको तर्क छ ।

नीति तथा कार्यक्रम र बजेटको गोलचक्करमा फस्दा यसको शिकार नेपाल र नेपाली जनता भएकाले यसबाट कसरी मुक्ति पाउने भन्नेबारे छलफल हुनुपर्ने उहाँले आफ्नु धारणा राख्नुभएको छ।

Back to top button