८ सय ३४ जनाको कैद सजाय मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गर्नुभएको छ ।

मन्त्रिपरिषद्को जेठ १० र १३ गतेको सिफारिसमा गणतन्त्र दिवस, २०७९ को अवसरमा ती कैदीको सजाय माफी गरिएको हो ।

राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गर्नुभएको हो ।

Back to top button