बलिउडका निर्माता कपूरको तीन लाख चोरी

काठमाडौं । बलिउडका प्रख्यात निर्माता तथा दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरको बैंकबाट करिब तीन लाख ८२ हजार रुपैयाँ चोरी भएको छ।

बोनीले यो मामलामा मुम्बई प्रहरीमा उजुरी दिनुभएको छ । मुम्बईको अम्बोली प्रहरीले सूचना प्रौद्योगिकी अधिनियम अनुसार उजुरी दर्ता गरेको छ।

समाचारअनुसार बोनीले गत मार्चमा आफ्नो बैंक खाताबाट कसैले पैसा निकालेको खबर पाउनुभएको थियो। जब उहाँले यो कुरा बैंकलाई जानकारी दिनुभयो, त्यो बेला उहाँको खाताबाट अरु कसैले पैसा निकालेको खुलेको थियो।

बोनीले कसैलाई पनि आफ्नो क्रेडिट कार्डको बारे जानकारी दिनुभएको थिएन । उहाँले आफ्नो बैंकको पैसा गुरुग्रामको एक कम्पनीको खातामा कसैले सारेको दाबी गर्नुभएको छ ।

बोनी भारतीय फिल्मका लोकप्रिय निर्माता हो । उहाँले ‘मिस्टर इण्डिया’, ‘नो एन्ट्री’, ‘जुदाई’, ‘वान्टेड’ जस्ता फिल्म निर्माण गरिसक्नुभएको छ ।

Back to top button