महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कार तथा महिला हिंसाविरुद्ध युवाहरुले राजधानीको माइतीघर मण्डलामा आज प्रदर्शन गरेका छन्।

स्वतन्त्र नारी आवाजको आयोजनामा आज दिउँसो उनीहरुले महिला हिंसाविरुद्ध प्रदर्शन गरेका हुन्। त्यसक्रममा प्रदर्शनमा सहभागीहरुले बलात्कार तथा महिला हिंसासम्बन्धी नाट्य प्रस्तुतिसमेत देखाएका थिए।

यस्तै, उनीहरुले बलात्कार मुद्दामा हदम्याद हटाउन सरकारसँग माग गरेका छन्। पछिल्लो समय देशभर बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढिरहेको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन पर्ने उनीहरुको माग रहेको छ।

Back to top button