आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन। आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन्।

निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनका रुपमा यो दिवस मनाउन थालिएको हो ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

Back to top button