तारा एयर उद्दारका लागि पोखराबाट उड्यो सेनाको हेलिकोप्टर‍

काठमाडौं । तारा एयरको विमान मुस्ताङको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिनुभयो।

खराब मौसमका कारण खोजी तथा उद्दार कार्य प्रभावित भएको छ। विमानको खोजीका लागि काठमाडौंबाट पोखरा गएको नेपाली सेनाको हेलिकोप्टर अहिले मौसममा केही सुधार आएपछि पोखराबाट उडेको छ।

पोखराबाट १९ जना यात्रु र ३ जना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज दुर्घटनामा परेको हो।

जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले बिहान ९ बजेर ५५ मिनेटमा जहाज उडाउनुभएको थियो।

Back to top button