आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी पूर्जा दिने सरकारको लक्ष्य

विराटनगर। सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री शर्माले भूमिको समुयोचित प्रयोग गर्न संघीय भूउपयोग नीति कार्यान्वयन गरिने बताउनुभयो ।

उहाँले कृषियोग्य जमिन अन्य प्रयोजनमा प्रयोग गर्न निरुत्साहित गरिने भन्दै प्रदेश र स्थानीय तहमा भुउपयोग तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग गरिने बताउनुभएको छ ।

Back to top button