नागरिक उड्डयन प्राधिकरणको पुनरसंरचना गरिने

विराटनगर । सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनरसंरचना गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्राधिकरणलाई सेवा प्रवाह र सेवा नियामकको रुपमा छुट्टाछुट्टै स्थापना गर्ने जानकारी दिनुभएको छ ।

यस्तै, आन्तरिक हवाई सेवाको गुणस्तरमा अभिवृद्धि गर्ने सरकारको योजना छ । हवाई पूर्वाधार क्षेत्रमा सरकारले १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।

Back to top button