युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड

विराटनगर । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषण गर्दै यस्तो जानकारी दिनुभएको हो ।

उहाँले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रवन्ध गरिएको बताउनुभएको छ । उहाँले खेलकुद संघलाई दिएको अनुदान वृद्धि गरिएको बताउनुभयो ।

Back to top button