गरिब र श्रमिकलाई खाद्य सुरक्षा परिचयपत्र वितरण गरिने

काठमाडौं । न्यून आय भएका गरिब र श्रमिकका लागि सरकारले खाद्य सुरक्षा परिचयपत्र वितरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले हरेक स्थानीय तहमा सुपथ मूल्यका पसल सञ्चालन गरेर परिचयपत्रको आधारमा सहुलियतदरमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको छ ।

बजेट भाषण मार्फत अर्थमन्त्री जनार्दन शर्माले गरिब र श्रमिलाई खाद्य सुरक्षाका लागि यस्तो घोषणा गरिएको बताउनुभएको छ ।

Back to top button