एक घर एक विद्युतीय चुलो वितरण गरिने

विराटनगर । सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत् एक घर, एक विद्युतीय चुलो अनुदान वितरण गर्ने अभियान चलाइने घोषणा गर्नुभयो ।

उहाँले धुवामुक्त भान्साअन्तर्गत सुधारिएको चुलो वितरण गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिइने बताउनुभयो ।

Back to top button