रेलमार्गको लागि ६ अर्ब ५३ करोड विनियोजन

विराटनगर । पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताउनुभएको छ । यसका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ ।

जनकपुर जयनगर रेल यातायात कुर्थासम्म विस्तार गरिने अर्थमन्त्री शर्माले बताउनुभएको छ भने बिर्तामोड–जलेश्वर रेल यातायातको सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरिएको छ ।

Back to top button