उत्तरी सीमानाका जोड्ने सडकलाई प्राथमिकता

विराटनगर । सरकारले उत्तरी सीमानाका जोड्ने सडकलाई प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवगढी सडकको गल्छीदेखि स्याफ्रुवेशी खण्डको ६२ किलोमीटर दुई लेन कालोपत्रे गर्न र स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।

Back to top button