काठमाडौंका नवनिर्वाचित मेयर–उपमेयरले पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले आज पद तथा गोपनीयताको शपथग्रहण लिँदै हुनुहुन्छ ।

आज महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथग्रहण गराउनुभएको छ । यसलगत्तै प्रमुख साहले उपप्रमुख डंगोललाई र त्यसपछि ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराउनुहुनेछ ।

महानगरको मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको कामपाले जनाएको छ। दुवैजनाले आज दिउँसो नै सुन्धारास्थित महानगरको मुख्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

Back to top button