![](https://koshisandesh.com/wp-content/uploads/2022/05/Balen-shah-and-sunita-dangol.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2022/05/Balen-shah-and-sunita-dangol.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिनुभएको थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिनुभएको थियो । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराउनुभएको हो । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिनुभएको थियोे । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिनुभएको हो ।
यस्तै, मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।