बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट आज दिउँसो एक जना महिलाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा–१ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ वर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताउनुभयो ।

Back to top button