कैलालीको गोदावरीमा एक दम्पति मृत फेला

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा एक दम्पति मृत अवस्था फेला परेका छन् । गोदावरी नगरपालिका–७ का ६५ वर्षीय हेमबहादुर ऐर र श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उहाँकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिनुभयोे ।

प्रहरीकाअनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Back to top button