मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ गने प्रस्तुत गर्ने

जनकपुर । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिनुभयो। आव २०७९/०८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने मन्त्री साहले बताउनुभयो।

यस्तै मधेश प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ। नीति तथा कार्यक्रम पश्चात प्रदेश सरकारले असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

Back to top button