आज विश्व दूध दिवस मनाइँदै

काठमाडौं । आज विश्व दूध दिवसमा अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दूध दिवस मनाइँदैछ।

राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायहरूको उपस्थितिमा विश्व दूध दिवसको अवसरमा कार्यक्रम गर्दैछ। यस वर्ष दीर्घ जीवन, गुणस्तरीय दूध तथा दूगध पदार्थको सेवन भन्ने मूल नारासहित विश्व दूध दिवस मनाइँदैछ।

यस्तै, आम नागरिकलाई दूधको चेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। विश्वमा दूध दिवस २००१ बाट मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट मनाउन थालिएको हो।

Back to top button