भद्रपुर उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडौं फिर्ता

काठमाडौं । भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही ‘पार्ट’ धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

३० नटिकल माइल उडेको विमान फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो । विमान सकुसल अवतरण गरेको छ । अब प्राविधिक जाँच गर्ने प्रवक्ता सिटौलाले बताउनुभयो ।

Back to top button