प्रथम मिस तमुस्यो लमजुङको उपाधि यसपटक सुष्मा गुरुङलाई

काठमाडौं । प्रथम मिस तमुस्यो लमजुङ २०२२ को उपाधि यसपटक सुष्मा गुरुङले जित्नुभएको छ ।

दोर्दी गाउँपालिका–९ हिलेटक्सार घर भई हाल बेंसीसहर बस्दै आउनुभएकी गुरुङ बेंसीसहरमा आयोजित मिस तमुस्यो लमजुङ २०२२ को ग्राण्ड फिनालेमा प्रतियोगिताका ८ जनालाई पछि पार्दै पहिलो मिस तमुस्यो लमजुङ बन्न सफल हुनुभएको हो ।

बबिता क्लिप्स् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड बेंसीसहर र पाचोक नौथर तमु समाज काठमाडौंले आयोजना गरेको प्रतियोगिताका विजयीलाई २०१८ को अन्तराष्ट्रिय मिस तमुस्यो नेपालका विजेता एवं आयोजक संस्थाका अध्यक्ष बबिता गुरुङ, मिसेस लमजुङ २०१७ का विजेता शोभा ठकुरी लगायतले ताज पहिरियाउनुभएको थियो।

प्रतियोगितामा फस्ट रनरअप गृष्णमा गुरुङ र सेकेण्ड रनरअप निरुता गुरुङ हुनुभएको छ । उहाँहरूलाई क्रमशः ताज र प्रमाणपत्र वितरण गरिनुका साथै विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो।

यस्तै, विजयी सुष्माले वेस्ट डिसिप्लिङको अवार्ड समेत जित्नुभएको छ ।

प्रतियोगिताको निर्णायकमा गुरुङ फिल्मका निर्देशक तथा नायक प्रितम गुरुङ, नायिका खुशी गुरुङ र गीतकार आश गुरुङ रहनुभएको थियो। यस्ता कार्यक्रमले गुरुङ संस्कार र सस्कृतिको संरक्षणमा टेवा पुग्ने गुरुङ अगुवाहरूले बताउनुभयो।

Back to top button