वृद्धभत्ता एमालेको ब्राण्ड हो : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै उहाँले यस्तो दावी गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘वृद्धभत्ता एमालेको ब्राण्डजस्तै हो। तपाईं उमेर ५८ होइन, ६८ पुर्‍याउनोस्। एमालेलाई नै ताली ठोक्छन्।’

यसैगरी, उहाँले मिर्गौला पीडितलाई डायलासिस निःशुल्क व्यवस्था गर्नुपर्ने पनि बताउनुभएको छ ।

यस्तै, ‘क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार दिन्छु भन्नु भएको छ। यो राम्रै हो। तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन। ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ। त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ। अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु र मेसिन पनि किन्छु भन्नुपर्थ्यो’, उहाँले भन्नुभयो।

Back to top button