कात्तिक अन्तिममा संघ र प्रदेशको निर्वाचन गराउने तयारी

काठमाडौं । सरकारले कात्तिक अन्तिमसम्ममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिममा निर्वाचन गर्दा उपयुक्त हुने भन्ने विषयले प्रवेश पाएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘कात्तिक अन्तिम वा मंसिर पहिलो सातामा निर्वाचन गर्नुपर्छ भनेर छलफल उठाएको थियौँ। अधिकांश साथीहरू कात्तिकमै गर्नुपर्छ भन्नेमा हुनुहुन्छ। मैले पनि त्यही भनेको छु।’

निर्वाचनबारे छलफल भए पनि औपचारिक सहमति नभएको उहाँले बताउनुभयो । मंसिरपछि फागुनसम्म हिमाली क्षेत्रमा निर्वाचन गराउन नसकिने भन्दै उहाँले त्यहि भएर कात्तिकमै निर्वाचन गर्नुपर्छ भनेर जोड दिइएको बताउनुभयो ।

०७४ सालमा मंसिर १० गते र २१ गते गरेर दुई चरणमा निर्वाचन भएको थियो।

Back to top button