तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई बुझाइदैँ

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज परिवारलाई बुझाइदैँ छ । सरकारले दुर्घटनामा निधन भएका २२ जनाको पोस्टमार्टम सकिएकोले आज परिवारलाई शव बुझाउन लागिएको हो।

गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो।

त्यस दुर्घटनामा चालक दलका ३ सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र २ जर्मनी नागरिकको निधन भएको थियो।

Back to top button