क्षमायाचनासहित अभिनेत्री मिरुना मगरको प्रष्टीकरण

काठमाडौं । ‘कबड्डी’ चलचित्रकी अभिनेत्री मिरुना मगरले गतसाता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिनुभएको छ ।

सामाजिक संजालमार्फत वक्तव्य जारी गर्दै उहाँले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गर्नुभएको छ । गलत दुर्व्यवहारकाविरुद्ध आवाज उठाउन आग्रह गर्दै उहाँले चुपचाप दुःख नसहन अपिल समेत गर्नुभएको छ ।

‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन’ उहाँले भन्नुभएको छ । जेठ १५ गते सिभिल मलको कफी सपमा फूर्पा तामाङले आफूलाई अनुचित ढंगले छोएको आरोप मिरुनाले लगाउनुभएको थियो ।

उजुरीपछि प्रहरीले फूर्पालाई पक्राउ गरेको थियो । तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका फुर्पाले मिरुनासँग माफी मागिसक्नुभएको छ । मंगलबार बेलुका दुवै पक्षबीच सहमति भएपछि विवाद मत्थर भएको छ ।

Back to top button