कांग्रेस महामन्त्री गगन थापाको प्रश्नः बजेटको आकार वृद्धि भयो, स्रोत के हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेटको आकार वृद्धि गरेकोले स्रोतको के हो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महामन्त्री थापाले चालु बजेटको आकार घटाइएको बताउँदै आगामी आर्थिक वर्षको बजेटको आकार बढाएकाले स्रोत र आधार के हो भन्दै अर्थमन्त्रीलाई प्रश्न गर्नुभएको हो ।

स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न गर्दै थापाले भन्नुभयो,‘राजश्वको लक्ष्य अघिल्लो वर्षभन्दा कम हुने देखिएकाले म राजश्व बढाउँछु भनेर कसरी विश्वास दिलाउनुहुन्छ ? आश्वस्त हुने आधार केहो ?’

उहाँले देउवा सरकार हुँदा सुदूरपश्चिम र ओली सरकार हुँदा पुर्व केन्द्रित बजेट आउने जनगुनासो भएको संकेत गर्दै अहिले त्यस्तो नभएको विश्वास कसरी दिलाउन सकिन्छ भन्ने प्रश्न समेत गर्नुभयो ।

यद्यपी उहाँले उत्पादनमुखी बजेट आएकोले प्रभावकारी हुने बताउनुभएको छ । उहाँले स्थानीय तहसँग मिलेaर काम गर्नुपर्ने धारणा राख्दै बजेट कार्यान्वयन गर्न सरोकारवाला निकायसम्म तल्काल छलफल गर्न सुझाव दिनुभयो ।

Back to top button