बलेरो पिकअप दुर्घटना हुँदा ७ जना घाइते

वीरगञ्ज । मकवानपुर गढी गाउँपालिका जिपलाइनमा गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

गएराति करिब १ बजेर ३५ मिनेट जादा मकवानपुर गढी गाउँपालिका–२ जिपलाइनस्थित कान्ति राजपथ सडकखण्डमा ना ४ च ६४३६ नं.को बलेरो पिकअप दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा बलेरोमा सवार ७ जना व्यक्ति घाइते भएको मकवानपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो।

घटनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ का ३० वर्षीय श्रवण यादव वीरगञ्ज–२४ का ४० वर्षीय सन्त यादव, वीरगञ्ज–३२ का मनोजकुमार यादव, वडा नम्बर-२४ कै ३१ वर्षीय सद्दाम हुसेन घाइते हुनुभएको छ। त्यसैगरी वीरगञ्ज–२५ का ३१ वर्षीय जगदीश साह, वीरगञ्ज-३२ कै ३५ वर्षीय पूजा राम र वीरगञ्ज–२९ का धर्मेन्द्रप्रसाद महतो थारू रहेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ।

घाइतेमध्ये श्रवण यादव र सन्त यादवलाई चितवनतर्फ रिफर गरिएको र बाँकीलाई वीरगञ्जतर्फ पठाइएको मकवानपुर प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो।

बलेरो चालक वीरगञ्ज महानगरपालिका–२० का भानु यादव भने हालसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो। घाइतेहरूको टाउको, हातगोडा लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक लागे पनि प्रारम्भिक अवस्था भने मध्यम रहेको स्वास्थ्यकर्मीलाई हवाला दिँदै मकवानपुर प्रहरीले जनाएको छ।

 

Back to top button