फोन पे डिजिटल इकोनोमी सुरु हुँदै

काठमाडौं । फोन पे डिजिटल इकोनोमिकन्क्लेभ सुरु हुन लागेको छ। ब्रान्डवर्थ प्रा.लिको आयोजनामा होटल सोल्टीमा कार्यक्रम सुरु हुन लागेको हो।

कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटलाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ।

कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिँदो समय, बदलिँदो अर्थतन्त्र’, ‘सधैँका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपालः सानो बजार कि असीमित सम्भावना?’ तथा ‘हामीसँग नेपाली युनिकर्न पहिचान कहिले हुनेछ?’

यस्तै, विषयमा विभिन्न चार वटा सत्रमा बृहत् अन्तरक्रिया र बहस हुनेछ। यी सत्रमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरु, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।

Back to top button