रुपन्देहीको सैनामैना नगर कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानलै विजयी

रूपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

आज भएको निर्वाचनमा एमालेका ८ जना नै उम्मेदवार विजयी भएका हुन् । निर्वाचनबाट एमालेका टेकबहादुर विश्वकर्मा, डोलबहादुर सार्की, सुरज बराल, दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, मायादेवी बिक, मीरा क्षेत्री र सीता थारु निर्वाचित हुनुभएको छ ।

सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा १२ जना नेकपा एमालेले हात पारेको छ । सत्ता गठबन्धन ५ जना सदस्यमा सीमित भएको छ ।

सैनामैना नगरपालिकाको प्रमुखसहित ४ जना वडाअध्यक्ष र १२ जना वडा सदस्य गरी १७ जना जितेको सत्ता गठबन्धन कार्यपालिकामा अल्पमतमा परेको हो ।

उपप्रमुखसहित ७ जना वडाअध्यक्ष र ३२ जना वडा सदस्य जितेको एमाले कार्यपालिकामा बलियो देखिएको छ। यसैगरी ६० सदस्यीय नगरसभामा एमाले ४३ मतका साथ बहुमतमा रहेको छ ।

Back to top button