आज प्रचण्डसँग बालेनको भेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।

साह प्रचण्डलाई भेट्न आज बिहान उहाँकै निवास खुमलटार पुग्नुभएको हो । भेटमा प्रचण्डले साहको जीत ठूलो क्रान्ति भएको बताउनुभयो। उहाँलाई बधाई दिँदै प्रचण्डले जनअपेक्षा बुझेर काम गर्न सुझाव दिनुभएको छ ।

यसअघि मतगणना जारी रहँदा साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएको थियो। उहाँले केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसक्नुभएको छ ।

यसअघि महानगरप्रमुख निर्वाचित भएलगत्तै साहले सैनिक मुख्यालय पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्नुभएको थियो।

Back to top button