बिरामीलाई चढाइने रगतको मूल्य दोब्बरले बढ्यो

काठमाडौं । सरकारले रगतको मूल्य पहिलेको भन्दा करिब दोब्बरले बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य बढाएको हो।

स्वस्थ व्यक्तिले सेवा भावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनका लागि दान दिएको रगत बिरामीले पनि निःशुल्क पाउनुपर्छ भन्ने पहिलेदेखि नै आवाज उठिरहेको बेला सरकारले रगतको मूल्य बढाएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो पटक बढाएको रगतको मूल्य प्रतियुनिट रगतको सेवा शुल्क ८ सय १० देखि अधिकतम १ हजार ६ सय ४० सम्म कायम गर्न सकिने बताएको छ। यसअघि प्रतियुनिट रगतको मूल्य ५ सय २५ रुपैयाँ थियो।

बढेको मूल्यअनुसार सेवाग्राहीलाई रगत उपलब्ध गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरुलाई समेत पठाइसकेको छ। मूल्‍य बढेकोले रगत चाहिने व्यक्तिसँग त्यस बापतको शुल्क उठाएको भन्दै आएको छ।

यस्तै, गत २२ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट भएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

रगतको मात्रै नभएर रगत राख्ने ब्याग,ट्रान्सफूजन सेटहरुको समेत मूल्य बढाइएको छ। जसलाई भेराइबल कस्टिङसमेत उल्लेख गरिएको छ। बढाइको मूल्यमा व्लड ब्यागको १ सय ५० रुपैयाँ उल्लेख छ। यसअघि यसको मूल्य ८० रुपैयाँ थियो। यसअघि ट्रान्सफुजन सेट ३० रुपैयाँ रहेकोमा अब त्यसको मूल्य १ सय रुपैयाँ कायम गरिएको छ।

Back to top button