साइकल यात्रा प्रेसर र सुगरको सबैभन्दा राम्रो औषधि हो : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले साइकल यात्रा प्रेसर र सुगरको सबैभन्दा राम्रो औषधि भएको बताउनुभएको छ ।

आज साइकल डे का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काठमाडौंमा साइकल लेन व्यवस्थित गर्नेसमेत बताउनुभयो।

उहाँले भन्नुभयो, ‘जति पनि मेयरको प्रत्यासी हुनुहुन्थ्यो। उहाँहरूलाई तपाईंहरुले सम्झौता गर्नुभएको थियो। हामीकहाँ कुनै पनि प्रतिबद्धता आएको थिएन। यो मान्छे मेयर बन्छ भनेर पत्याउनुभएको थिएन होला। भोलिको दिनमा त्यो प्रतिबद्धता पत्र ल्याइ दिनुहोला। हामी के गर्न सक्छौँ अध्ययन गछौँ।’

यस्तै, साइकल लेन अध्ययनबिना अगाडि बढाउँदा दुर्घटनाको जोखिम बढ्ने पनि उहाँले बताउनुभयो।

‘अध्ययनबिना गर्नुहुँदैन। जुन बाटोमा गाडि गड्छ त्यही गुडाउन हुँदैन दुर्घटना हुनसक्छ। बाहिरतिर साइकलको छुट्टै लेन हुन्छ। त्यसैले हामी सेभ हुनुपर्छ। साइकल प्रेसर र सुगरको सबैभन्दा राम्रो औषधि पनि हो’ उहाँले भन्नुभयो।

Back to top button