एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक सुरु भएको छ। काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरु भएको हो।

बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ।

यस्तै, अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरुको सहभागीता छ।

Back to top button