मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्म निर्माणका लागि आफ्नो पाँच महिनाको तलब दिने घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो।

चलचित्रको आज बालुवाटारबाटनै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गर्नुभएको हो । उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको हो । त्यो चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नुहुनेछ ।

‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ। आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो।

यस्तै, उक्त चलचित्र निर्माणका लागि रु १ करोड २५ लाखको लागत अनुमान गरिएको छ।

Back to top button