सर्वनाम शिक्षालयको होस्टेलमा बालिकामाथि यौन दुर्व्यवहार, वार्डेन फरार

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलमा वार्डेनले बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएको छ।

अभिभावकहरूले विद्यालय घेराउ गर्न पुगेपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली विद्यालय पुगेको थियो। वार्डेन रामजी बस्नेतले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप अभिभावकहरुको छ। तर बस्नेत भने फरार भएको र खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो।

‘बालिकाहरुको अभिभावकहरु विद्यालयमा आएको खबर पाएपछि हामी पुगेर विद्यालयका प्रिन्सिपल र उहाँकी श्रीमतीलाई सोधपुछका लागि ल्याएका छौं,’ डिएसपी न्यौपानेले भन्नुभयो, ‘आरोपी वार्डेन भेटिएका छैनन्, हामी खोजी गरिरहेका छौं।’

Back to top button