शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

विराटनगर । प्रेस चौतारी नेपाल मोरङ शाखाले शालिग्राम मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार अग्रज पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

हिजो बसेको प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिको बैठकले २०७७ सालको पुरस्कार अग्रज पत्रकार मोरङका शर्मालाई र २०७८ को पुरस्कार सुनसरीका पत्रकार भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाका अनुसार प्रेस चौतारी नेपालका सचिव विक्रम लुईटेल संयोजकत्वको छनौट समितिले सिफारिस गरेको नामलाई अनुमोदन गर्दै शर्मा र भट्टराईलाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार केहिदिनभित्र औपचारीक समारोहका बिच वितरण गरिने उहाँले बताउनुभएको छ ।

शिक्षासेवी शालिग्राम दाहाल र उहाँकी श्रीमति मञ्जु दाहालको नाममा स्थापित पुरस्कार प्रदेश १ मा रहि शिक्षा क्षेत्रमा कृयाशिल पत्रकारहरुलाई हरेक वर्ष प्रेस चौतारीले वितरण गर्ने छ । २१ हजार राशिको यो पुरस्कार कोभिड महामारीलगायतका कारण २०७७ सालदेखि वितरण हुन सकेको थिएन ।

पुरस्कृत हुनुहुने शर्मा लामो समयदेखि मोरङलाई आधार बनाएर पत्रकारिता सँगै पत्रकारिता विषय अध्यापन गराउँदै आउनुभएको छ भने भट्टराई सुनसरीको सप्तकोशी एफएममा समाचार प्रमुखको रुपमा कृयाशिल हुनुहुन्छ ।

Back to top button