हात्तीको दाँत राखेको आरोपमा भारतीय अभिनेता मोहनलालविरुद्ध मुद्धाको तयारी

काठमाडौं । अवैध रूपमा हात्तीको दाँत राखेको आरोपमा दक्षिण भारतीय अभिनेता मोहन लाल कानुनी मामलामा पर्ने हुनुभएको छ । उहाँविरुद्ध वन्यजीव अपराध मामलामा मुद्दा दर्ता गर्ने तयारी भएको हो।

यस्तै, तल्लो अदालतले उहाँविरुद्ध परेको अभियोजन कारवाहीलाई फिर्ता लिनका लागि राज्य सरकारले दिएको निवेदनलाई खारेज गरिदिएको छ। प्रथम श्रेणी मजिस्ट्रट कोर्ट पेरुम्बवुरले निवेदन खारेज गर्नुभएको हो ।

केरला सरकारले आफ्नो निवेदनमा मामिलालाई आधारहीन बताउदै अदालतसमक्ष मुद्दा बन्द गर्न आग्रह गरेको थियो। सहायक लोक अभियोजकले मुद्दालाई अगाडि बढाउनु निरर्थक अभ्यास र अदालतको महंगो समयको बर्बादी भनेको थियो।

यद्यपि, वकिल अब्राहम पी मेन्चिकाराले अभियानलाई फिर्ता लिनुपर्ने कुराको विरोध गर्दै मोहनलालसँग हात्तीको दाँतको स्वामित्वको प्रमाण पत्र नभएको अवस्थामा मुद्धालाई फिर्ता लिनु आधारहीन हुने बताउनुभयो।

‘हात्तीका दाँतको जोडी पाइएको थियो, जबकि १३ हात्ती दाँत कलाकृतिहरूका लागि अभिनेताका विरुद्ध कुनै पनि मुद्धा चलेन’, उहाँले भन्नुभएको छ।

सन् २०१२ मा आयकर अधिकारीहरूले मोहनलालको घरमा छापा मार्दा चार हात्तीका दाँत भेटेको थियो, त्यसपछि उहाँविरुद्ध उजुरी परेको थियो।

Back to top button