नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीमा विज्ञान शर्मा

विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगरकमिटीको संयोजकमा विज्ञान शर्मा चयन हुनुभएको छ । आज सम्पन्न महानगर विस्तारीत भेलाले शर्माको संयोजकत्वमा ५१ सदस्सीय आयोजक कमिटी गठन गरेको हो ।

समितिको सहसंयोजकमा अनोजराज थापा चयन हुनुभएको छ । यस्तै भेलाले महानगरका १९ वटै वडा कमिटी निर्माण गर्न वडा संयोजक र सह संयोजक समेत तोकेको छ।

असार १८ गते नेपाल खेलकुद पत्रकार दिवसको अवसर पारेर प्रथम महानगर भेला हुने र भेलाबाट पूर्ण कमिटी निर्माण हुने महानगर संयोजक विज्ञान शर्मा चापागाईँले बताउनुभयो ।

महासंघका स्थायी कमिटी सदस्य तथा महानगर ईन्चार्ज बासु नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्थानीय निकायको निर्वाचनबाट विराटनगर– ४ को वडा अध्यक्षमा निर्वाचित हुनुभएका खेलकुद महासंघका प्रदेस सचिव जितन थापालाई बधाई तथा सम्मान समेत गरिएको छ ।

वडा अध्यक्ष थापाले आउँदो बजेटमा वडा तर्फबाट न्युनतम ५ लाख रुपैयाँ बजेट खेलकुदलाई छुट्टाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि महासंघका अध्यक्ष पर्शुराम बस्नेतले नेपाल खेलकुद महासंघ खेलाडी र खेलकर्मीको साझा संस्था रहेको र यस्ले खेलाडी उत्पादन, खेलकुद गतिविधिको आयोजना र खेलक्षेत्रलाई आवश्यक नीति निर्माण गर्ने कुराको पहलकदमी लिने बताउनुभयो ।

नेकपा एमाले पार्टीको नारा बमोजिम नेपाल खेलकुद महासंघ खेलक्षेत्रको माध्यमबाट समृद्ध नेपाल सुखी नेपाली बनाउने महा अभियानको अभियन्ता रहेको समेत प्रष्ट्याउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका युवा नेताहरु सन्तोष वान्तवा, बिजय कामतलगायतले शुभकामना दिनुभएको थियो ।

Back to top button