गायिका ईन्दिरा जोशी र शरद केडिया बैवाहिक बन्धनमा बाँधिदै

काठमाडौं । गायिका इन्दिरा जोशी र उहाँका प्रेमी शरद केडियाबीच आउँदो मंगलबार विवाह हुने भएको छ । आज गायिका जोशीले वक्तव्य जारी गर्दै जेठ ३१ गते विवाह हुने उल्लेख गर्नुभएको हो ।

‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ जोशीले वक्तव्यमा भन्नुभएको छ, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’

इन्दिरा र शरदको विवाह टोखास्थित एक अपार्टमेन्टमा हुने पारिवारिक स्रोतले जनाएको छ । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहनुभएका उहाँहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर ‘इन्गेजमेन्ट’ गर्नुभएको थियो । शरद फेसन डिजाइनर हुनुहुन्छ ।

Back to top button