संसदीय समितिले अमेरिका भ्रमणबारे जानकारीका लागि प्रधानमन्त्रीलाई बोलाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको जानकारी लिनका लागि संसदीय समितिले प्रधानमन्त्रीलाई बोलाउने भएको छ।

आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो।

प्रधानमन्त्री देउवाको भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गर्दै आएको छ। भ्रमणको उद्देश्य बारे सरकारले कुनै जानकारी गराएको छैन्।

Back to top button