गायिका जोशी विवाह बन्धनमा

काठमाडौं । गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गर्नुभएको छ । उहाँहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो।

उहाँहरु दुबै केहि वर्षयता देखि नै प्रेम सम्बन्धमा हुनुहुन्थ्यो। उहाँहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्नुभएको हो ।

यस्तै, विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ। परिवारका केही सदस्यको उपस्थितिमा इन्दिरा हिजो आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर सार्वजनिक गर्दै आफूलाई माया र आशीर्वाद दिनुहुने सबैलाई उहाँले धन्यवाद दिनुभएको छ ।

Back to top button