प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न ९ कम्युनिस्ट दलले गरे माग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न ९ वटा कम्युनिस्ट दलले माग गरेका छन्।

नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुनसक्ने भन्दै उहाँको भ्रमण रद्द गर्न माग गरेका हुन्।

राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएको छ।

विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ।

यस्तै, अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)लाई हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्‍ग भन्दै ९ कम्युनिस्ट घटकहरूले विरोध गरेका छन्।

Back to top button