प्रधानमन्त्रीले आज संसदमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ ।दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचिमा छ ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल जारी छ। बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिएपछि आज प्रधानमन्त्रीले दिन लाग्नुभएको हो ।

आजको बैठकमा रक्षा, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको छ। मन्त्रालयगत जवाफ दिने कार्यक्रम सकिएपछि बजेट पास हुनेछ।

Back to top button