नेपालले क्यानडासँग टी–२० र एक दिवसीय शृंखला खेल्ने

काठमाडौं । नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ ।

यस्तै, असार १४ र १५ गते टी–२० तथा असार २० र २१ गते एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यसका लागि नेपाली टिम असार १२ गते क्यानडा जाने तयारी छ ।

स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित आइसीसी क्रिकेट विश्व कप लिग टु खेल्नुअघि नेपालले क्यानडासँग द्विपक्षीय शृंखला खेल्ने तय नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानडामा द्विपक्षीय शृंखला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग टुका ४ खेल खेल्ने छ ।

पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ । अमेरिकामा भएको लिग टुको ओमानसमेत सम्मिलित शृंखलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग टुमा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

Back to top button