एन्फाको चुनावी साधारणसभा सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा सुरु भएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन गर्नुभएको हो ।

सो साधारणसभामा एन्फामातहतका ४८ जिल्ला, १४ ए डिभिजन, ११ बी डिभिजन, ९ सी डिभिजन, रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघ तथा राष्ट्रिय लिगका लागि छानिएका ४ क्लबका गरी १०४ जन प्रतिनिधि उपस्थित छन् ।

यस्तै, उद्दघाटन कार्यक्रमपछि बन्द सत्र र त्यसपछि लगत्तै चुनावी प्रक्रिया सुरु हुनेछ ।

यसपटक एन्फा अध्यक्षका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्य पंकजविक्रम नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

Back to top button