खेलकुदमन्त्री अथकद्धारा हजयात्रीको विदाइ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गर्नुभएके छ ।

मन्त्री अथकले आज बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।

उहाँले आफ्नो बाँक, बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्का मदिना जान लागेका १०४ हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गर्नुभयो।

यस्तै, हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ।

Back to top button